नेपाली | Nepali

'द ओरेन्ज डोर’ (The Orange Door) ले पारिवारिक हिंसामा परेकाहरूका साथै बालबालिकाहरूको हकहित र विकासमा सहयोगको आवश्यकता परेका परिवारहरूलाई मद्दत तथा सहायता प्रदान गर्दछ।. Information about The Orange Door in Nepali.

नेपाली भाषामा जानकारी

'द ओरेन्ज डोर’ (The Orange Door) ले पारिवारिक हिंसामा परेकाहरूका साथै बालबालिकाहरूको हकहित र विकासमा सहयोगको आवश्यकता परेका परिवारहरूलाई मद्दत तथा सहायता प्रदान गर्दछ।

कहिलेकाहीं घरमा वा सम्बन्धमा केही कुराहरू ठीक हुँदैनन् र तपाईंलाई थप मद्दत तथा सहायता चाहिन्छ। The Orange Door तपाईंको कुरा सुन्न र तपाईंलाई आवश्यक परेको सहयोग छिटो र सजिलोसँग प्राप्त गर्न सहायता गर्न उपलब्ध छ।

यदि तपाईं अहिले नै खतरामा हुनुहुन्छ भने तीन शून्य (000) मा फोन गर्नुहोस्‌।

The Orange Door ले मद्दत गर्न सक्छ, यदि:

  • तपाईंलाई बालबच्चाको अभिभावकत्व पालना गर्न मद्दत चाहिन्छ, अथवा कुनै बच्चा वा किशोर व्यक्तिको हकहित वा विकासको बारेमा चिन्तित हुनुहुन्छ।
  • तपाईंको पार्टनर, पूर्व-पार्टनर, परिवारको सदस्य वा हेरचाहकर्ता जस्ता तपाईंको नजिकको व्यक्तिले तपाईंलाई भयभीत वा असुरक्षित महशुस गराइरहेको छ।
  • तपाईं सुरक्षित नभएको वा देखभाल नगरिएको महशुस गर्ने बालबालिका वा किशोर व्यक्ति हो।
  • तपाईं दुर्व्यवहार वा नियन्त्रणकारी व्यवहार गर्न सक्ने जोखिममा हुनुहुन्छ अथवा तपाईंलाई घर वा नातामा त्यस्ता व्यवहारको कारणले मद्दत चाहिएको छ।
  • तपाईंले चिनेको कुनै व्यक्तिको सुरक्षाको लागि तपाईं चिन्तित हुनुहुन्छ।
  • तपाईंले पारिवारिक हिंसाको अनुभव गर्नुभएको छ। जस्तै: तपाईं कहाँ जानुहुन्छ, कसलाई भेट्नुहुन्छ वा तपाईंले कसरी पैसा खर्च गर्नुहुन्छ भनेर कसैले निगरानी गर्ने जस्ता नियन्त्रणकारी व्यवहार।

The Orange Door ले निम्न तरिकाले मद्दत गर्न सक्छ:

  • तपाईंको कुरा र तपाईंका चिन्ताहरू के हुन भन्ने सुनेर।
  • तपाईंलाई ‌आवश्यक मद्दत र सहायता पत्ता लगाउन तपाईंसँग काम गरेर।
  • बालबालिका तथा युवाहरुको हकहित तथा विकासमा सहयोग गरेर।
  • तपाईं र तपाईंका बालबालिकाहरूलाई सुरक्षित राख्ने योजना बनाउन तपाईंलाई मद्दत गरेर।
  • तपाईंलाई मद्दत गर्नसक्ने सेवाहरूसँग तपाईंलाई
    जोडेर, जस्तै: परामर्श, आवास, पारिवारिक हिंसामा परेकालाई सहायता, अभिभावक सहायता समूह, बालबालिकाहरूको लागि सेवा, आर्थिक सहयोग वा कानुनी सहयोग।
  • आधारभूत जीवनयापन खर्च तथा अन्य खर्चहरूको लागि आर्थिक सहायता प्राप्त गर्न तपाईंलाई मद्दत गरेर।
  • यदि तपाईं घरमा वा सम्बन्धमा दुर्व्यवहार वा नियन्त्रणकारी व्यवहार गर्दै हुनुहुन्छ भने तपाईंलाई परिवर्तनका लागि मद्दत गर्न तपाईंसँग काम गरेर।

मैले कसरी The Orange Door सँग सम्पर्क गर्नसक्छु?

The Orange Door सोमबार देखि शुक्रबार (सार्वजनिक विदामा बन्द रहने) बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खुला हुन्छ।

आफ्नो स्थानीय सेवा फेला पार्न स्थान वा पोष्टकोडबाट खोज्नुहोस्(opens in a new window)

यदि तपाईं सञ्चारको लागि सहायता उपकरणहरू प्रयोग गर्नुहुन्छ वा तपाईंलाई दोभाषेको, अस्लान (Auslan) समेतको, आवश्यकता पर्छ भने The Orange Door ले तपाईंसँग काम गर्न सक्छ।

मलाई दोभाषे चाहिन्छ।

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने हाम्रो सेवालाई जानकारी दिनुहोस्। यो सेवालाई निम्न जानकारी दिनुहोस्:

  • तपाईंको फोन नम्बर
  • तपाईंको भाषा
  • तपाईंलाई फोन गर्न सुरक्षित हुने समय।

एक दोभाषेले तपाईंलाई फोन गर्नेछ।

के The Orange Door मेरो लागि तयार गरिएको सेवा हो?

The Orange Door ले सबै उमेर, लिङ्ग, लैंगिकता, संस्कृति र क्षमताका मानिसहरूलाई स्वागत गर्दछ। सबै सांस्कृतिक र धार्मिक रोजाईको सम्मान गर्दछ। यदि तपाईं पुरुष वा महिला कार्यकर्तासँग काम गर्न रुचाउनुहुन्छ भने कार्यकर्तालाई थाहा दिनुहोस्। The Orange Door ले व्यक्ति र परिवारका विविध आवश्यकताहरू पूरा गर्न बहुसांस्कृतिक सेवाहरू, LGBTI सेवाहरू र असक्षमता सेवाहरूसँग सहकार्य गर्छ। कर्मचारीहरूले तपाईंलाई विकल्पहरूको बारेमा जानकारी दिनेछन् र तपाईंलाई आवश्यक सेवाहरूमा जडान गरिदिनेछ।

यदि तपाईं एक आप्रवासी वा शरणार्थी हुनुहुन्छ वा स्थायी बसोबास छैन भने पनि हामी अझै तपाईंलाई मद्दत गर्न सक्छौं। आफ्नो आप्रवासी परिस्थितिको कारण सहयोग माग्न नडराउनुहोस्, यो नि:शुल्क सेवा हो। यदि तपाईं आफ्नो अवस्थाबारे टेलिफोनमा वा व्यक्तिगत रूपमा छलफल गर्न चाहनुहुन्छ भने The Orange Door का कर्मचारीहरूलाई थाहा दिनुहोस्।

The Orange Door नखुलेको अवस्थामा म कहाँ जाने?

  • Men’s Referral Service 1300 766 491 मा (बिहान 8 बजे देखि राती 9 बजेसम्म सोमबार-शुक्रबार र बिहान 8 बजे देखि राती 6 बजेसम्म शनिबार र आइतबार र सार्वजनिक बिदाहरूमा) (पुरुषहरूको पारिवारिक हिंसा टेलिफोन परामर्श, सूचना र रेफरल सेवा)
  • Safe Steps 1800 015 188 (24 घण्टा, हप्ताको 7 दिन) पारिवारिक हिंसाका पीडितहरूका लागि सहायता सेवा हो। तपाईं
    Safe Steps लाई ईमेल(opens in a new window)
    पनि गर्न सक्नुहुन्छ वा तिनीहरूको प्रत्यक्ष वेब च्याट सहयोग सेवा(opens in a new window) प्रयोग सक्नुहुन्छ
  • Victims of Crime हेल्पलाइन(अपराधका सबै पीडितहरू र पारिवारिक हिंसाका वयस्क पुरुष पीडितहरूका लागि) फोन 1800 819 817 वा टेक्ट्स सन्देश 0427 767 891 (प्रत्येक दिन बिहान 8 बजेदेखि राति 11 बजेसम्म)।
  • Sexual Assault Crisis Line 1800 806 292 (24 घण्टा, हप्ताको 7 दिन) यौन दुर्व्यवहारबाट पीडितहरूका लागि हो।

यदि तपाईं वा अरू कोही तत्काल खतरामा हुनुहुन्छ भने आपतकालीन सहयोगका लागि तीनवटा शून्य (000) मा फोन गर्नुहोस्।

प्रतिक्रिया र गोपनीयता

तपाईं The Orange Door प्रयोग गरेर आफ्नो अनुभवबारे orangedoor.vic.gov.au/feedback (opens in a new window)मा रहेको अनलाइन प्रतिक्रिया फारम(opens in a new window) भरेर प्रतिक्रिया प्रदान गर्न सक्नुहुन्छ वा 1800 312 820 मा फोन गरेर र आफ्नो कार्यकर्ता, सुपरभाइजर वा प्रबन्धकसँग कुरा गर्न माग्न सक्नुहुन्छ।

हामी तपाईंको गोपनीयतालाई गम्भीरतापूर्वक लिन्छौं। हामी तपाईंको जानकारी कसरी प्रयोग गर्नेछौं भन्नेबारे जान्नको लागि कृपया हाम्रो गोपनीयता नीति हेर्नुहोस्(opens in a new window)

Updated