The Orange Door

Nepali

The Orange Door के हो?

The Orange Door पारिवारिक हिंसाको अनुभव गर्दै रहेका महिला, बालबालिका र जवान व्यक्तिहरूले पहुँच गर्ने तथा बच्चा वा जवान मानिसहरूको हेरचाह गर्न सहयोग चाहिने परिवारहरूले पहुँच गर्ने नयाँ सेवा हो।तपाईले The Orange Door  मार्फत सहायता र समर्थन प्राप्त गर्नको लागि सिफारिस चाहिदैन।

The Orange Door ले मलाई के गर्न सक्छ?

निम्न अवस्थामा The Orange Door लाई सम्पर्क गर्नुहोस्:
  • तपाईको नजिकको मान्छेले, जस्तै तपाईको जोडी (पार्टनर), परिवारको सदस्य, घरमा बस्ने साथी (हाउसमेट्) वा हेरचाहकले तपाईलाई चोट पुर्याइरहेको छ, तपाईको नियन्त्रण गर्छ वा तपाईलाई उनीहरूबाट डर लाग्छ
  • तपाई पारिवारिक झगडा, पैसाको समस्या, बिमारी, लत, शोक वा अलगिएको कारण छोराछोरीहरू हुर्काउन कठीन भईहरेको छ
  • तपाई बच्चा वा जवान व्यक्तिको सुरक्षा र भलाईको बारेमा चिन्तित हुनुहुन्छ
  • तपाईं साथी वा परिवारको सदस्यको सुरक्षाको बारेमा चिन्तित हुनुहुन्छ।
यदि तपाई एक प्रवासी वा एक शरणार्थी हुनुहुन्छ वा स्थायी बासिन्दा हैन भने पनि हामी तपाईलाई सहयोग गर्न सक्छौं। तपाईको प्रवासको स्थिति (migration status) को कारण सहयोग माग्न नडराउनुहोस्।यो नि: शुल्क सेवा हो।
यदि तपाईं टेलिफोनमा वा व्यक्तिगत रूपमा आफ्नो परिस्थितिको बारे कुरा गर्न चाहनुहुन्छ भने The Orange Door का कर्मचारीहरूलाई जानकारी दिनुहोस्। 

मलाई दोभाषे चाहिन्छ

यदि तपाईलाई दोभाषे चाहिन्छ भने हामीलाई थाहा दिनुहोस्।हामीलाई निम्न कुराहरूको जानकारी दिनुहोस्:
  • तपाई फोन नम्बर
  • तपाई भाषा
  • तपाईलाई कहिले फोन गर्दा सुरक्षित हुन्छ।
एक जना दोभाषेले तपाईलाई फोन गर्नेछ।

के The Orange Door मेरो लागि सृजना गरिएको सेवा हो?

The Orange Door ले सबै उमेर, लिङ्ग, लैंगिकता तथा क्षमताका मानिसहरूलाई स्वागत गर्दछ। सबै सांस्कृतिक र धार्मिक रोजाईहरूको कदर गर्छ। यदि तपाईलाई पुरुष वा महिला कार्यकर्तासँग काम गर्न चाहनुहुन्छ भने हाम्रो कार्यकर्तालाई थाहा दिनुहोस्।हरेक व्यक्ति वा परिवारको विविध आवश्यकताहरू पूरा गर्न The Orange Door बहुसांस्कृतिक सेवा, समलिंगी, उभयलिंगी एवं तेस्रो लिंगी (LGBTI)  सेवा तथा अपांग सेवाहरूसँग सहकार्य गर्छ।हाम्रा कर्मचारीहरूले तपाईलाई उपलब्ध विकल्पहरूको बारे जानकारी दिनेछन् र तपाईलाई आवश्यक सेवाहरूसँग जोडि दिनेछन्।

The Orange Door कहाँ छ?

 स्थान वा पोष्टकोडको आधारमा खोजी गरेर आफू नजिकको स्थानीय सेवा पत्ता लगाउनुहोस्। 

The Orange Door कहिले खुल्ला हुन्छ?

The Orange Door बिहान 9 बजे देखि बेलुकी 5 बजे सम्म सोमवारदेखि शुक्रबार खुल्ला रहन्छ (सार्वजनिक बिदाहरूका दिन बन्द हुन्छ)।

The Orange Door खुल्ला छैन भने म कहाँ जाने?

यी निम्न सेवाहरूमा सम्पर्क गर्नुहोस्:
  • मेन्स रिफरल सर्भिस (Men’s Referral Service) लाई 1300 766 491 मा (सोमबार-शुक्रबार बिहान 8 बजे देखि राती 9 बजे सम्म र शनिबार र आइतबार बिहान 9 बजे देखि बेलुकी 5 सम्म)। (पुरुषको लागि पारिवारिक हिंसा टेलिफोन सल्लाह, सूचना र रिफरल सेवा)
  • सेफ स्टेप्स (Safe Steps) लाई 1800 015 188 मा (हप्ताको 7 दिन, 24 सै घण्टा) फोन गर्नुहोस्। यो पारिवारिक हिंसाले पीडितहरूका लागि सहयोग गर्ने सेवा हो । तपाईंले  Safe Steps लाई ईमेल गर्न सक्नुहुनेछ वा उनीहरूको प्रत्यक्ष संवाद सहयोग (लाइभ वेब सपोर्ट च्याट) सेवा प्रयोग गर्न सक्नुहुनेछ। 
  • भीक्टीम्स अफ क्राईम (Victims of Crime) हेल्पलाइन (अपराधबाट पीडित सबैका लागि र पारिवारिक हिंसाबाट पीडित पुरुषहरुका लागि) लाई 1800 819 817 मा (हेरक दिन बिहान 8 बजे देखि राती 11 बजे सम्म)
  • सेक्सुअल एसल्ट क्राइसिस लाईन (Sexual Assault Crisis Line) यौन दुर्व्यवहारबाट पीडितहरूका लागि 1800 806 292 मा (हप्ताको 7 दिन, 24 सै घण्टा) फोन गर्नुहोस्। 

यदि तपाई वा अरू कोही तत्काल खतरामा हुनुहुन्छ भने आकस्मीक सहयोगको लागि तीन शून्य (000) मा फोन गर्नुहोस्।